१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Wednesday, 26 June, 2024
मिना बुढाथोकी सल्यान
२o७८ भदौ ८ मंगलबार १८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दुई दशक बित्दासमेत भएन सडक स्तरोन्नति

Read Time : < 1 मिनेट
मिना बुढाथोकी सल्यान
नयाँ पत्रिका सल्यान
२o७८ भदौ ८ मंगलबार १८:o७:oo

सल्यानको सल्लीबजारदेखि रुकुम पश्चिम जोड्ने सडकखण्ड सुचारु भएको करिब २० वर्ष बितिसक्दासमेत अझै स्तरोन्नति  हुन सकेको छैन। ट्रयाक खोलिएको दुई दशक बित्दासमेत सडक स्तरोन्नति नहुँदा दुई जिल्ला जोड्ने सवारीसाधन जोखिम मोलेर आवतजावत गरिरहेका छन्।

करिब ४० किलोमिटरको दूरीमा रहेको सल्ली चौरजहारी सडकखण्ड बर्खायाममा अवरुद्ध हुने भएपछि यस क्षेत्रका स्थानीय जाजरकोटबाट ६२ किलोमिटरको दूरीमा रहेको सडक प्रयोग गरिरहेका छन्। स्तरोन्नति नहुँदा सडक नियमित रूपमा सुचारु नहुने भएकाले रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका बिरामीहरूको ज्यानसमेत जोखिममा पर्ने गरेको स्थानीय आशिष आचार्यले बताए।

सल्लीबजार चौरजहारी जोड्ने सल्लीबजारको मुख्य व्यापारिक केन्द्रदेखि पाँच किलोमिटर सडक कालोपत्रे गरिएको भए पनि हाल सो बाटोसमेत भत्किएको छ। सल्यानको कुमाख गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र स्थानीयले लाखौँ रकम खर्च गरे पनि सडक नियमित चल्न नसकेको चौरजहारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजबहादुर विष्टले बताए ।

सल्यान थारमारे बडागाउँ चौरजहारी सडकखण्ड पनि वर्षातका कारण अवरुद्ध बनेको छ। रुकुम पश्चिमलाई जोड्ने दुईवटै बाटो अवरुद्ध हुँदा स्थानीयवासी यातायातको सेवाबाट वञ्चित भएका छन्। थारमारे सडक स्तरोन्नतिका लागि नाै किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको र बाँकी सडकका लागि ठेक्का प्रक्रियामा पुगेको कर्णाली प्रदेश सकारले जनाएको छ ।

ad
ad
ad
ad