मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ८ मंगलबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध गाँजासहित विमानस्थलबाट एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार १५:१३:oo

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। ग्याष्ट्रिकको औषधिको सिल बट्टाभित्र गाँजा लुकाई कतार लैजान लागेका चितवन खैरेनी– १० का २९ वर्षीय बुद्धिराज पाठकलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले विमानस्थल परिसरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले कालो रंगको लगेजभित्र लागुऔषध राखेका थिए। अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा शंकास्पद पदार्थ फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको ब्युराेका प्रमुख एसएसपी हृदय थापाले बताए। उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।