१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालगन्जमा जावा मोटरसाइकलको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३५:oo

नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक रहेको अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँचोकमा जावा मोटरसाइकलको सोरुम सञ्चालनमा ल्याएको छ । अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद मिश्रले सोरुम उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि मिश्रले त्यस क्षेत्रवरपरका र सम्पूर्ण ग्राहकलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पुर्‍याउने उद्देश्यले सोरुम सञ्चालन गरिएको बताए ।

सोरुमबाट जावा, जावा फोर्टी–टू र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्ने कम्पनीले जनाएको छ । सोरुमबाट नेपालगन्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न सकिने कम्पनीले जनाएको छ । 

अग्नि मोटोइंकले बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकल उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालगन्जमा जावा सोरुमको उद्घाटनसँगै देशमा क्लासिक मोटरसाइकल वर्ग (सेगमेन्ट)लाई पुनः परिभाषित गरिदिएको कम्पनीको दाबी छ ।

जावा चेक गणतन्त्रको लोकप्रिय मोटरसाइकल ब्रान्ड रहेको कम्पनीले जनाएको छ । १ सय २० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग इन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको कम्पनीको दाबी छ । 

ad
ad