Read Time : < 1 मिनेट
२o८१ जेठ ५ शनिबार ११:३८:oo
मोरङको रतुवामाई नगरपालिका- ६ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
हिजो बेलुका साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदलयात्री भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दिकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर ४ ग्राम २९० मिलिग्राम र नगद ४३ हजार ५०० रुपैयाँ बरामद गरेसँगै पक्राउ गरेको हो।
पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।