मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ७ सोमबार ०६:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बक्सिङले  अन्तर्राष्ट्रिय  डे मनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ७ सोमबार ०६:५२:००

 नेपाल बक्सिङ संघले २७ अगस्टमा अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउने भएको छ । संघको आइतबार बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउन लागेको जानकारी दिएको हो । संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ, खेलाडी र प्रशिक्षकलाई कोरोना भाइरसको प्रोटोकल पूरा गरी बक्सिङ डे मनाउन आग्रह गरेको छ । 

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबा)ले सन् १९७४ मा क्युवाको हवानामा भएको प्रथम आइबा विश्व च्याम्पियनसिपको मितिलाई आधार मानेर २७ अगस्टमा हरेक राष्ट्रिय संघलाई अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउन आह्वान गरेको छ । नेपाल बक्सिङ संघले पनि यही दिनमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरेर विविध कार्यक्रमसहित मनाउने कार्यक्रम राखेको छ ।  

अन्तर्राष्ट्रिय बक्सिङ डेमा सबै खेलाडी, प्रशिक्षक एवं संघका पदाधिकारीले साताभरि कुनै एक दिन २० देखि ४० सेकेन्डसम्मको सेडो बक्सिङको भिडियो खिच्ने र क्यामेराको नजिक आएर आप्mनो अनुहार प्रस्ट देखाई ‘वि आर फेस अफ बक्सिङ’ भनेर इन्स्टाग्राममा पोस्ट गर्न संघले आग्रह गरेकोछ । उत्कृष्ट बक्सिङ भिडियोलाई २० जोर बक्सिङ ग्लोभ्स उपहार प्रदानसमेत गरिनेछ ।