१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Wednesday, 26 June, 2024
मनीष खड्का रुकुम पश्चिम
२o७८ भदौ ४ शुक्रबार १७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ठूलीदहमा डुबेर दाजुभाइको मृत्यु

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o७८ भदौ ४ शुक्रबार १७:३४:oo

रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ को ठूलीदहमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मुसीकोट नगरपालिका– १ सल्लेका २१ वर्षीय भीमबहादुर थापा र १७ वर्षीय प्रेम थापाको मृत्यु भएको हो । 

साथीहरूसँग घुमघामका लागि ठूलीदह पुगेका दाजुभाइ दहमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो करिब साढे १ बजेतिर डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले डुबेको करिब तीन घन्टापछि अपराह्न ४: २० बजेतिर दाजुभाइको शव निकालेका हुन् । 

उनीहरूको शव दहभित्रको दलदलमा फसेको अवस्थाबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको उनले बताए । आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको ठूलीदह क्षेत्रमा पछिल्ला वर्षहरूमा मान्छेको चलहपहल बढेको छ । 

ad
ad
ad
ad