मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ भदौ ३ बिहीबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भूपू गोर्खा सैनिकको रिटमाथि तेस्रोपटक पेसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार ११:४२:oo

सर्वोच्च अदालतले भूपू गोर्खा सैनिकको आन्दोलनबारेको रिटमाथि तेस्रोपटक सुनुवाइ तोकेको छ। दुईपटकसम्म सुनुवाइ हुन नसकेको मुद्दाको बिहीबारका लागि  न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ तोकिएको हो। 

दुईपटक पेसी तोकिएकोमा पहिलोपटक सर्वोच्चले हेर्न नभ्याइनेमा राखेको थियो भने दोस्रोपटक बेन्च बस्न नभ्याएको कारण सुनुवाइ सरेको हो।

नेपाल सरकारले उचित पहल नगर्दा पूर्वगोर्खा सैनिक र उनीहरूका परिवारले बेलायतीसरह सेवा–सुविधा पाउन नसकेको भन्दै २९ साउनमा सर्वोच्चमा रिट दर्ता भएको थियो। मुद्दाको ३१ साउनमा पहिलोपटक पेसी तोकिएको थियो।

रिटमाथि सर्वोच्चले बुधबारका लागि दोस्रोपटक सुनुवाइ तोकेको थियो। अधिवक्ता सञ्जय अधिकारी, ब्रिटिस गोर्खा संयुक्त संघर्ष समिति युके नेपालका संयोजक लालबहादुर घिसिङ र सहसंयोजक बिमबहादुर लिम्बूले सर्वोच्चमा रिट दर्ता गराएका थिए।

रिटमा बेलायतमा अनशनरत नेपालीको जीवन रक्षार्थ पहल गर्न तत्काल उच्चस्तरीय समिति गठन गर्न, वार्तास्थल र वार्ताको समय तोक्न अन्तरिम आदेश माग गरिएको छ।