१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Saturday, 21 September, 2024
एजेन्सी वासिङ्टन डिसी
२o७८ भदौ २ बुधबार ११:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाद्वारा अफगानिस्तानको साढे नौ अर्ब डलरको सम्पत्ति रोक्का

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन डिसी
नयाँ पत्रिका वासिङ्टन डिसी
२o७८ भदौ २ बुधबार ११:३१:oo

अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंक ‘दा अफगानिस्तान बैंक’को साढे नौ अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति रोक्का गरेको छ। अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि उक्त सम्पत्तिमा उनीहरूको पहुँच रोक्ने उद्देश्यले अमेरिकाले यस्तो कदम चालेको हो।

अमेरिकाको ट्रेजरी विभागले तालिवानलाई कालोसूचीमा राखेको छ। विभागको पछिल्लो कदमपछि अब तालिवानले अमेरिकामा भएको अफगानिस्तानको कुनै पनि सम्पत्ति प्रयोग गर्न नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अफगानिस्तानको केन्द्रीय बैंकका कार्यकारी प्रमुख अजमल अहमदीले सोमबार एक ट्विट गर्दै उक्त कोषमा तालिवानको पहुँच रोक्नका लागि अमेरिकाले बैंकको सम्पत्ति रोक्का गरेको बताएका छन्। अफगान केन्द्रीय बैंकको सम्पत्तिको ठूलो हिस्सा न्युयोर्कस्थित फेडरल रिजर्भ र अमेरिकी वित्तीय संस्थाहरूको नियन्त्रणमा रहेको जनाइएको छ।

यस विषयमा अमेरिकी ट्रेजरी विभागले प्रतिक्रिया दिन अस्वीकार गरेको अलजजिराले जनाएको छ।