मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Wednesday, 02 September, 2026
काठमाडौं
२o७८ भदौ १ मंगलबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलामा धर्ना

Read Time : < 1 मिनेट
काठमाडौं
२o७८ भदौ १ मंगलबार १४:४६:oo

टीकापुर घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै थरुहट थारूवान राष्ट्रिय मोर्चाले धर्ना दिएको छ। निलम्बित सांसद रेशम चौधरीलगायत अन्य बन्दीहरूको रिहाइको माग गर्दै मोर्चाले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो।

‘टीकापुर विद्रोहका राजबन्दीलाई रिहाइ गर’, ‘झुटा मुद्दा खारेज गर’, ‘सुखी समृद्ध नेपालको आधार, सबै नेपालीको अधिकार सुनिश्चित गर’लगायतका नारा लेखिएको पम्प्लेट बोकेर प्रदर्शन गरेका थिए।

मोर्चाले देवीराम शर्माको नेतृत्वमा गठित छानबिन आयोग र गिरिशचन्द्र लालको नेतृत्वमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।

टीकापुर घटनामा चौधरीलाई दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय सुनाएको थियो।