प्रधानमन्त्री शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। महन्थ समूहका नेताहरू र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको भेटमा सहभागी नेता लक्ष्मणलाल कर्णले नयाँ पत्रिकालाई जानकारी दिए।
भेटमा सरकारलाई समर्थन गर्ने क्रममा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको उनले जानकारी दिए। ‘सरकारलाई समर्थन गर्ने क्रममा सहमति कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको हो,’ उनले भने। प्रधानमन्त्री देउवाले सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएको नेता कर्णको भनाइ छ।
भेटमा ठाकुर, कर्ण, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए। नेता कर्णले भेटमा दल विभाजनसम्बन्धी अध्यादेशबारे भने कुनै छलफल नभएको बताए।