मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १ मंगलबार ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

न्यादी हाइड्रोपावरको आइपिओ निष्कासन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार ११:१२:oo

न्यादी हाइड्रोपावर लिमिटेडको आइपिओ निष्कासन तथा बिक्री खुला भएको छ। उक्त आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा संस्थापक सेयरधनीहरूले भर्न सक्नेछन् । १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साबिक खुदी गाविस वडा नं. १, २, ३ र ६ मात्र) तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ का स्थानीयका लागि पाँच लाख कित्ता सेयर पाउने छन्। 

लमजुङका अन्य क्षेत्रका नागरिकका लागि १० लाख कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ। तीन लाख कित्ता सेयर संस्थापक सेयरधनीहरूका लागि हो। उक्त हाइड्रोमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।