बागमती प्रदेशको चालू वर्ष ०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेश सभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेश सभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् ।
प्रदेशको चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेश सभा बैठक बस्न लागेको हो ।