१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २२ शनिबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

होम आइसोलेसनबाटै ८८ वर्षीया वृद्धाले जितिन् कोरोना

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:२o:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ स्वाँतनिवासी ८८ वर्षीया वृद्धा जसी पाइजा पुनले होम आइसोलेसनबाटै कोरोना जितेकी छिन् । गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको टोलीले गरेको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य भएपछि पुनः होम आइसोलेसनमै बसेकी थिइन् । 

उनले  ११औँ दिनमा कोरोना जितेर आइसोलेसनमुक्त भएको पुनका छोरा लोकबहादुरले बताए । ‘स्वास्थ्यमा जटिलता आएन, स्वास्थ्यचौकी र अस्पतालसम्म पुग्न परेन, घरमै बसेर आमाले कोरोना जित्नुभयो,’ पुनले भने । 

गाउँपालिकाका स्वास्थ्य संयोजक समुन्द्र बरुवालका अनुसार अन्नपूर्णमा अहिले चारजना सक्रिय कोरोना संक्रमित छन् । गाउँपालिकाभित्र अहिलेसम्म तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कोरोना संक्रमित बिरामीको उपचारका लागि गत वैशाखदेखि गाउँपालिकाले वडा नम्बर ४ नारच्याङमा अस्थायी कोरोना अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार गर्दै आएकोमा सोमबार पहिलोपटक अस्पतालमा बिरामी भर्नाको संख्या शून्य भएको स्वास्थ्य संयोजक बरुवालले जानकारी दिए । अस्पतालमा भर्ना भएका संक्रमित निको भएर घर फर्किएको र अन्य संक्रमितमा जटिल समस्या नभएर होम आइसोलेसनमा रहेकाले अस्पताल भर्ना गर्न नपरेको जनाइएको छ ।
                           
 

ad
ad