युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आव ०७७/७८ मा बिमाशुल्क अघिल्लो आवको तुलनामा ५१ दशमलव २५ प्रतिशतले बिमाशुल्क आर्जनमा वृद्धि गर्दै अर्ब क्लबमा प्रवेश गरेको कम्पनीको २७औँ वार्षिक सभामा जानकारी दिइएको हो ।
सोमबार सम्पन्न सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै अर्ब क्लबमा प्रवेश गरेको जानकारी दिएको कम्पनीले जनाएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठले साधारणसभामा उक्त जानकारी दिएका हुन् । कम्पनी मुनाफा आर्जनमा ३ सय प्रतिशतभन्दा बढीले वृद्धि गर्न सफल भएको उनले बताए ।
साधारणसभामा कुल बिमाशुल्क आम्दानी ६९ करोड ८९ लाख रुपैयाँ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँमा २ सय ४० प्रतिशतले वृद्धि गरी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ पुर्याइएको जानकारी दिइएको थियो । कम्पनीले आगामी दिनमा शाखा तथा सेवाको गुणस्तर विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्ने प्रतिबद्धता जनाइएको थियो ।