१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हैटीमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा तीन सयभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o५:oo

उत्तर अमेरिकी देश हैटीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा तीन सय चारजनाको मृत्यु भएको छ। अन्य १८ सयभन्दा बढी घाइते भएका यहाँको नागरिक सुरक्षा एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरूको उद्धार कार्य जारी रहेको छ भने प्रधानमन्त्री एरियल हेनरीले एक महिना लामो आपतकालको घोषणा गरेका छन्। सबैभन्दा धेरै क्षति यहाँको दक्षिणी क्षेत्रमा भएको समाचारहरूमा जनाइएको छ।

भूकम्पपछि पहिरो जाँदा घाइतेहरूको उद्धार कार्य प्रभावित भएको छ। पहिरोले अति प्रभावित जेरेमी र लेस कायस सहर जोड्ने सडकमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्तीमा आठ सय ६० घर ध्वस्त भएका छन् भने सात सयभन्दा बढी घरमा क्षति पुगेको जनाइएको छ।

राजधानी पोर्ट–औ–प्रिन्सबाट एक सय २५ किलोमिटर पश्चिमी क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ।

हैटी भूकम्पको उच्च जोखिम भएका देशहरूमध्ये एक हो। यसअघि सन् २०१० मा गएको ७ म्याग्निच्युडको भूकम्पमा परी करिब तीन लाख मानिसले ज्यान गुमाएका थिए।

ad
ad