१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३० शनिबार
  • Sunday, 30 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३० शनिबार १९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पुरानो बसपार्कको विकल्प मनोहरा खोला करिडोर वा सल्लाघारीलाई बनाउन अध्ययन समितिको सुझाब 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३० शनिबार १९:o२:oo

यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले पुरानो बसपार्कको विकल्प मनोहरा खोला करिडोर वा सल्लाघारीलाई बनाउन सुझाब दिएको छ । ‘लामो दूरीका सार्वजनिक सवारीसाधन व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन–२०७८’ हस्तान्तरण गर्दै अध्ययन समितिले यस्तो सुझाब दिएको हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यी कार्यदलले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक सवारीसाधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत–सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट तत्कालका लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ । 

‘नेपाल सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारीसाधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारीसाधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारीसाधन टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने,’ प्रतिवेदनमा भनिएको छ,’ काठमाडौं उपत्यकाका पालिकाहरू एवं धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा बस व्यवसायीलगायत सरोकारवालाहरूको साझेदारीमा यातायात कम्पनी निर्माण गरी सार्वजनिक यातायातको दीर्घकालीन व्यवस्थापन गर्ने ।’ 

प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले कार्यपालिका बैठकमा उक्त प्रतिवेदनलाई एजेन्डाकै रूपमा प्रस्तुत गरी छलफल गरी अघि बढाउने बताएका छन् । 

काठमाडौं महानगरपालिकाले खुला मञ्चबाट बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियोे ।

ad
ad
ad
ad