मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ३० शनिबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौद्रिक नीतिप्रति पूर्वगभर्नरद्वय नेपाल र क्षेत्रीको असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ३० शनिबार १८:३५:००

पूर्वगभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् । नेपाल र क्षेत्रीले कोभिड–१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए पनि साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेपालले भारत सरकारले किसानहरूलाई राहतस्वरूप नगद वितरण गरेको दृष्टान्त पेस गर्दै नेपालमा किन त्यसो हुन नसकेको भनी प्रश्न गरे । उनले भने, ‘भारत सरकारले भर्खरै पाँच सय अर्ब बजेट साना किसानका लागि राहत वितरण गरेको छ । कोभिडको यस्तो संकटमा विश्वका सबै देशका कमजोर वर्गको राहतका लागि नगद नै वितरण हुने गरेका छन् । तर, नेपालमा भने त्यसो हुन किन सकेन ? मौद्रिक नीतिले प्रभावितहरूलाई राहत दिने कुरा गरे पनि निम्न वर्गलाई ध्यान दिने गरी कार्यक्रम ल्याउन सकेको देखिएन ।’

अर्का पूर्वगभर्नर क्षेत्रीले मौद्रिक नीतिले कोभिड संकटलाई सम्बोधन गर्ने प्रयास गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले गत वर्ष पनि कोभिड राहत प्याकेजको व्यवस्था गरे पनि नियमावलीसमेत बन्न नसकेका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने चुनौती रहेको बताए ।

उनले भने, ‘घोषणा हुने तर कार्यान्वयन नहुने वा भए पनि ढिलासुस्ती हुने कुराले समस्यामा पारेको छ । त्यसैले, त्यसको कार्यान्वयनमा जाँगर देखाउनुप¥यो । कोभिड प्रभावितहरूका लागि व्यवस्था गरिएका राहत प्याकेज कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा सफल हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’