मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३० शनिबार
  • Wednesday, 18 December, 2024
शिल्पा कर्ण काठमाडाैं
२o७८ श्रावण ३० शनिबार o९:४४:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्वाेच्चको आदेश– खोप केन्द्रमा जान नसक्नेलाई घरमै गएर लगाउनू

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ३० शनिबार o९:४४:oo

सर्वोच्च अदालतले खोप केन्द्रमा उपस्थित हुन असमर्थ सबै नागरिकलाई घरघरमै गएर कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले त्यस्ता नागरिकको लगत संकलन गरी खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

 ‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिसमेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिब समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्व निर्वाहका लागि कार्यक्रम सञ्चालन गर्नू–गराउनू,’ आदेशमा भनिएको छ । 

प्रवेश केसीले बिहीबार दायर गरेको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश गरेको हो । रिटमा खोप लिन घन्टौँ लाइनमा बस्दा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई सास्ती भएको उल्लेख थियो । कतिपय स्थानीय तहले भने यसअघि नै अशक्तलाई घरमै गएर खोप लगाउँदै आएका छन् । त्यसमध्ये एक काभ्रेको नमोबुद्ध नगरपालिका हो । खोप केन्द्रसम्म जान नसक्ने नागरिकलाई घरमै गएर खोप लगाउने गरिएको मेयर टिपी शर्मा तिमिल्सेनाले बताए । यातायातको पहुँचमा नभएका र हिँड्न पनि नसक्ने कतिपय नागरिकले खोप केन्द्रमा उपस्थित भएर खोप लगाउन नसक्ने अवस्था छ ।