१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ श्रावण २८ बिहीबार ०७:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ

Read Time : < 1 मिनेट
२०७८ श्रावण २८ बिहीबार ०७:३७:००

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पर्वतको जलजला गाउँपालिका– २ व्यक्तिलाई  प्रहरीले पक्राउ गरेको छ । जलजला गाउँपालिका– ७ धाइरिङका ५० वर्षीय बाबु र ३० वर्षीय काकालाई जिल्ला प्रहरी कार्यालय पर्वतले गत मंगलबार पक्राउ गरेको हो । 

पीडित बालिकालाई आफ्नै बाबुले गत जेठ ७ गते र काकाले यही साउन २३ गते जबर्जस्ती करणी गरेको भनी पीडितको दाजुले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले दुवै आरोपितलाई निजकै घरबाट साउन २६ गते गिरफ्तार गरेको हो । 

प्रहरीले साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दा शीर्षकमा  दश दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

पीडित बालिका तत्काल घरमा पुनर्स्थापित हुने अवस्था नभएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको समन्वयमा सुरक्षित घरमा राख्नका लागि पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।