१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २७ बुधबार १९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

पिडिलाइटको एरल्डाइट नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार १९:३४:oo

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडले नेपाली बजारमा एरल्डाइटको इपोक्सी एड्हेसिभको रेन्ज बिक्री सुरु भएको घोषणा गरेको छ। पिडिलाइटले हालसालै मात्र नेपालमा एरल्डाइटको उपभोक्ता र बजार व्यापार अधिग्रहण गरेको हो। 
एरल्डाइटमा इपोक्सी एड्हेसिभको रेन्ज विभिन्न औद्योगिक तथा अन्य प्रायोजनमा अधिक रुचाइएको छ। त्यस्तै, मार्बल/ढुंगा क्लाडिङ, अटोमोटिभ मर्मत तथा यो आफैँ प्रयोग गर्नको लागि रुचाइएको ब्रान्ड हो। 

पिडिलाइट इन्डष्ट्रिज लिमिटेडका प्रबन्ध–निर्देशक भरत पुरीले भने, ‘एरल्डाइट इपोक्सी एड्हेसिभ विश्वमै प्रतिष्ठित र प्रसिद्ध ब्रान्ड हो। यसले हाम्रो एड्हेसिभ र सिलेन्ट ब्रान्डको पोर्टफोलियो अझ बलियो बनाउन मद्दत गर्दछ र हाम्रो प्रोडक्ट पोर्टफोलियोलाई पूरा गर्दछ। यस कदमपछि हामी विश्वस्त छौँ कि एरल्डाइट नेपालमा पिडिलाइट वस्तुहरूको रेन्जमा एक बलियो हिस्सा हुनेछ।’ 

नेपालमा एरल्डाइट धेरै आकारमा उपलब्ध हुने बताइएको छ। यी प्रोडक्टहरूको प्रतिस्पर्धात्मक रूपमा मूल्य निर्धारण भएको र केही महिनाभित्र पूरा नेपालभर उपलब्ध जनाइएको छ।
नेपालमा करिब २५ वर्षअघि पिडिलाइटले आफ्नो यात्रा सुरु गरेको थियो । यसअन्तर्गत फेबिकोल उच्चस्तरको एड्हेसिभ र (डा. फिक्सिट) सुरक्षित स्वस्थ घरहरूका लागि अग्रिम वाटरप्रुफिङ समाधानका लागि परिचित छ। 
 

ad
ad
ad
ad