१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २७ बुधबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

उपत्यकामा दैनिक एक हजार संक्रमित थपिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o८:५१:oo

बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ लागू

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेपछि प्रशासनले कडाइ थालेको छ । बुधबारदेखि ‘रात्रिकालीन निषेधाज्ञा’ सुरु गरिएको छ ।उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले बेलुका ८ बजेपछि निजी तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् । ‘रात्रिकालीन भेटघाट तथा जमघट’ले संक्रमण बढाएको निष्कर्षका आधारमा बेलुका ८ बजेपछि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

‘सुरुमै एकैपटक धेरै कडाइ नगरौँ भनेर ८ बजेपछिको भिडभाड नियन्त्रण गर्न खोजेका हौँ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने, ‘संक्रमणको जोखिम बढिरहेका वेला केही नभएको जसरी भेटघाट र जमघट हुने गरेको पाइयो । जसलाई हामीले नियन्त्रण गर्न खोजेका हौँ ।’ उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले ८ भदौसम्मका लागि निषेधाज्ञा थप्दै रात्रिकालीन भेटघात तथा आवतजावतमा नियन्त्रण गर्न लागेको हो । यद्यपि यो नियम अत्यावश्यक सेवामा आबद्ध र उपत्यकाका बाहिरबाट आउने सवारीसाधनको हकमा भने लागू नहुने पराजुलीले बताए । 

रातको समयमा कडाइ गर्दैमा संक्रमण नघट्ने भन्दै जिल्ला प्रशासनको निर्णयको कतिपयले आलोचना गरेका छन् । उपत्यकाका होटेल तथा रेस्टुरेन्टलाई टेकअवे मात्र सुविधा दिएपछि ग्राहक राखेर राति अबेरसम्म सञ्चालन हुने गरेको तथा पारिवारिक भोजहरू बढेकाले रात्रिकालीन निषेधाज्ञा लगाउनुपरेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । 

असारमा उपत्यकामा दैनिक नयाँ संक्रमितको संख्या पाँच सयबाट तल झरिसकेको थियो । तर, पछिल्लो केही दिनयता एक हजार नाघेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंमा सात सय ९५, भक्तपुरमा एक सय ५२ तथा ललितपुरमा दुई सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका संक्रमण दर बढेको र निको हुने दर भने घटेको काठमाडौंका सिडिओ पराजुलीले बताए । 

ad
ad
ad
ad