१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
रासस काठमाडौं
२o८१ असार १९ बुधबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम पाँच अर्बमाथि

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १५:५५:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर दुई हजार एक सय ४.२२ अंकमा कायम भएको हो।

आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ६१ हजार एक सय ९९ पटक खरिद–बिक्री हुँदा कारोबार रकम रु. पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६.१२ र वित्त समूहको सूचक ६.०४ प्रतिशतले बढेको छ। बैंकिङ ०.६३, विकास बैंक २.७१ र लगानी ०.१८ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

होटेल तथा पर्यटन ०.१९, जलविद्युत् ०.६८, जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन १.०७, लघुवित्त ०.१४, म्युचुअल फन्ड ०.०९, निर्जीवन बिमा ०.२३ र अन्य समूह ०.६७ प्रतिशतले घटेको छ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसिएफसी फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.७० प्रतिशतले घटेको छ।

ad
ad
ad
ad