१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २७ बुधबार ०६:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २७ बुधबार ०६:५९:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक रहेका एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको सुरुवात गरेका हुन् । 

सेवा सुरुवातपछि अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताए । यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको उनको भनाइ थियो । 

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको सुरुवातपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढिरहेकोे बताए । यो कार्ड नेपाल, भारत र भुटानमा चल्ने तथा देशका सबै शाखाबाट लिन सकिने उनको भनाइ थियो । 

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयस्रोत एवं भुक्तानी क्षमताका आधारमा ग्राहकलाई २० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए । बैंकले हाल ७७ जिल्लामा २ सय ४७ शाखा, २ सय ९ एटिएम र ९८ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।