१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Monday, 01 July, 2024
२o७८ श्रावण २७ बुधबार o६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रीको प्रतिबद्धता : गण्डकीमा आगामी असोजसम्म ८० प्रतिशत नागरिकलाई खोप लगाउँछौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o६:३२:oo

गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले आगामी असोजसम्म गण्डकीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रतिबद्धता जनाएकी छिन् ।

प्रदेश संगठन नेपाल बाग्लुङ शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आउँदो असोजसम्म १८ वर्षमाथिका ८० प्रतिशत नागरिकलाई खोप लगाउन सकिने बताएकी हुन् । उनले संघीय सरकारबाट खोप उपलब्ध हुने र प्रदेश सरकारले व्यवस्थापन गरेर सबै जिल्लाका नागरिकलाई खोप पुर्‍याउने बताइन् । मन्त्री अधिकारीले खोपलाई उमेर समूहका आधारमा व्यवस्थित गरिने बताइन् । 

कोरोनाको तेस्रो लहरलाई लक्षित गरेर प्रदेश सरकारले सबै अस्पतालमा आइशोलेसन सेन्टर बनाउने र आवश्यक व्यवस्थापन गर्न सबैमा आग्रह गरिएको बताइन् । ‘तेस्रो भेरियन्ट सुरु हुने र बालबच्चाहरूमा केन्द्रित हुने विशेषज्ञहरूले बताएका छन् । मन्त्री अधिकारीले भनिन्, ‘बालबालिकालाई कोरोनाबाट जोगाउन यसअघि नै सबै अस्पतालमा आइशोलेसन तयार गर्न भनिसकेका छाै‌ँ । तेस्रो लहरबाट सजग हुनका लागि गण्डकी प्रदेश सरकार पूर्वतयारीमा लागेको छ । बालबालिकाका लागि लक्षित गरेर अस्पतालहरूमा चारवटा एनआइसियू बेड हुनुपर्छ भनेर काम गरिरहेको उनले बताइन् । 

मन्त्री अधिकारीले गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरूको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताएकी छिन् ।  
 

ad
ad
ad
ad