कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज पनि जारी छ । काठमाडौंको ठमेलस्थित होटेल यात्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू भेला भएका छन् ।
सोमबारदेखि सुरु भएको छलफल आज साझा धारणा तय गर्दै सम्पन्न हुने जनाइएको छ । दिउँसो १ बजे वरिष्ठ नेता पौडेलसहित केन्द्रीय सदस्यहरूले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भेलामा सोमबार २४ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेका थिए ।
भेलामा ३५ जिल्लाका सभापति उपस्थित छन् भने अन्य १२ जिल्लाका सभापति भर्चुअल माध्यमबाट सम्पर्कमा रहेको नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । उनका अनुसार मंगलबार बाँकी जिल्लाका सभापतिले धारणा राखेर भेला सकिनेछ ।
‘१४औँ महाधिवेशनको सुनिश्चितता, क्रियाशील सदस्यताको विवाद समाधान, सरकारका प्राथमिकता र आगामी निर्वाचनको तयारी र भावी नेतृत्व चयनलगायतका विषयमा साथीहरूले आफ्नो धारणा राखिरहनुभएको छ, यिनै कुराहरूमा एउटा निष्कर्ष राख्छौँ,’ केसीले भने ।