मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २६ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २६ मंगलबार o७:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चिनियाँ चाँगन ब्रान्डका प्यासेन्जर गाडी नेपालमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २६ मंगलबार o७:४४:oo

चीनको चाँगन अटो ग्रुपले नेपाली बजारमा आफ्ना उत्पादन उपलब्ध गराउने भएको छ । कम्पनीले नेपालमा स्कोडा, जिप, जेसिबी, यामाहा, फोटोन र एमएएनजस्ता अटोमोबाइल ब्रान्डहरूको नेपालको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पमार्फत नेपालमा आफ्ना उत्पादनहरूको बिक्री गर्ने भएको हो । 

सन् २०२१ मा चाँगन ब्रान्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको दाबी गरिएको छ । त्यसैगरी, सन् २०२० मा यस ब्रान्डका २० लाख गाडीहरू विश्वका ६० मुलुकहरूमा बिक्री भएको कम्पनीले जनाएको छ । चीनमा बिक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाँगन अटो ग्रुपले उत्पादन गर्ने कम्पनीको दाबी छ । 

चाँगनले सेडान, पिकअप, एसयुभी र इभीका साथसाथै अवार्ड विनिङ युनिआई श्रेणीका ब्रान्डहरू उत्पादन गरिरहेको जनाइएको छ । उत्पादनकर्ता चाँगनले नेपाली बजारमा सफलता पाउने एमएडब्लूका अध्यक्ष विष्णु अग्रवालले बताए ।

उनका अनुसार भविष्यमुखी बनावट र नवीन प्रविधिको भएका कारण चाँगन ब्रान्डले नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गर्नेछ । एमएडब्लु चाँगन गाडीको ग्राहकहरूका लागि उत्कृष्ट सेवा–सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको अग्रवालले बताए । 

चाँगन अटो ग्रुपका उपमहाप्रबन्धक देङले एमएडब्लूसँग साझेदारी गर्दै चाँगन ब्रान्डमार्फत ग्राहकको बदलिँदो आवश्यकता र चाहना पूरा गर्ने बताए । पहिलो चरणमा सेडान, पिकअप र एसयुभी तथा दोस्रो चरणमा विभिन्न विद्युतीय गाडीहरू नेपालमा भित्र्याउने उपमहाप्रबन्धक देङको भनाइ छ ।