मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २४ आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदबाहिरबाट ल्याएको कार्यक्रमको अर्थ छैन : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार १८:३७:oo

प्रमुख प्रतिपक्षी दल एमालेले संसदबाहिरबाट सत्तारुढ दलहरूले ल्याएको कार्यक्रमको अर्थ नरहेको बताएको छ ।  साझा न्यूनतम कार्यक्रमको अन्तिममा कार्यान्वयन गर्न सरकारले राष्ट्रिय सहमतिको प्रयास गर्ने उल्लेख छ । तर, एमालेले भने कार्यक्रम संसदमा आउनुपर्ने बताएको छ । 

नयाँ पत्रिकासँग कुरा गर्दै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले राष्ट्रिय सहमति खोज्ने कार्यक्रम संसदमा आउनुपर्ने बताए । संसदबाहिरबाट आउने कार्यक्रम एमालेले नचिन्ने उनको भनाइ छ ।
 

सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले साझा न्यूनतम कार्यक्रम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।