मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २४ आइतबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु, पाँच विदेशी सेना पनि सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २४ आइतबार १२:४३:००

हिमालपारिको जिल्ला मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु भएको छ। नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा तालिम सुरु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शिक्षालयका शिक्षाधिकृत महासेनानी सुरेश हमालले तालिमको शुभारम्म गरेका थिए। तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ।

उक्त तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्य दर्जाका ६५ जना गरी जम्मा ८१ जना सहभागी भएका छन् भने विदेशी शिक्षार्थीतर्फ अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा शिक्षार्थी पाँचजना सहभागी छन्।