१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २४ आइतबार ०७:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकको घरकर्जामा पाँच वर्षसम्म फिक्स्ड ब्याजदर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २४ आइतबार ०७:०३:००

एनएमबि बैंक लिमिटेडले प्रतिवर्ष ८ दशमलव ५ प्रतिशत फिक्स्ड ब्याजदरमा घरकर्जा दिने भएको छ । ग्राहकलाई निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी बैंकले सरल तथा सहज योजना ल्याएको हो । 

फिक्स्ड दरबाहेकको घरकर्जाको हकमा भने बैंकले प्रतिवर्ष ७ दशमलव ९९ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले हाल देशभर १ सय ८१ शाखा, १ सय ३७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।