१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २३ शनिबार
  • Wednesday, 03 July, 2024
२o७८ श्रावण २३ शनिबार १९:३१:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

अन्योलमा पोखराको प्याराग्लाइडिङ भविष्य 

नयाँ प्रविधिको प्रयोग गरेरै भए पनि उडानलाई निरन्तरता दिन व्यवसायी तयार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २३ शनिबार १९:३१:oo

पोखरामा साहसिक पर्यटकका लागि प्याराग्लाइडिङ लोकप्रिय छ । यहाँको प्राकृतिक सौन्दर्यमा रम्दै प्याराग्लाइडिङ गर्न स्वदेशी र विदेशी पर्यटक आउँछन् । तर, पोखरेलीको वर्षौँदेखिको सपना रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भएर सञ्चालनमा आउँदा प्याराग्लाइडिङको भविष्य भने के हुने भन्ने चिन्ता अझै मेटिएको छैन । 

यही अन्योलका बीच नेपाल हवाई खेलकुद संस्थाका पदाधिकारी र सदस्यहरूले निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मी र विमानस्थल परामर्श टिमका प्रमुख यम भण्डारीसँग शनिबार अन्तत्र्रिmया गरेका छन् । 

आयोजना प्रमुख मुनकर्मीले अन्तर्राष्ट्रिय हवाई उडान र अवतरण विमानस्थल रनवेको पूर्वी भागबाट हुँदा प्याराग्लाइडिङमा खासै समस्या नआउने भए पनि आपत्कालीन अवतरण हुँदा समस्या आउन सक्ने बताए । त्यसैगरी, आन्तरिक उडान अवतरण पश्चिमबाट समेत हुने हुँदा यही अवस्थामा प्याराग्लाइडिङ सम्भव हुने आफूले नदेखेको, तर आफू यस विषयमा प्राविधिक व्यक्ति नभएकाले यत्तिकै भन्न नमिल्ने बताए । परामर्श सेवा टिमका प्रमुख यम भण्डारीले उडान सुरक्षा टिमले अध्ययन गरेर मात्र यस विषयमा निक्र्योल गर्न सक्ने बताए ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले अहिलेको अवस्थामा प्याराग्लाइडिङ गर्न समस्या रहने भए पनि सुरक्षाका सबै उपाए अपनाएर प्याराग्लाइडिङ सुचारु गर्नुपर्नेमा जोड दिए । यत्तिकै मिल्दैन भन्नेमा आफूहरू विश्वस्त भए पनि प्रविधिको प्रयोग गरेर प्याराग्लाइडिङ उडान गर्न पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । 

प्याराग्लाइडिङको निरन्तरताका लागि राजनीतिक लबिङ र पोखराको पहुँचसमेत आवश्यक पर्ने उनको ठम्याइ छ । ‘यत्तिकै त प्याराग्लाइडिङले निरन्तरता नपाउने निश्चित नै भयो, अन्यत्र विभिन्न प्रविधि अपनाइएका पाएका छौं, ती प्रविधिको प्रयोग गरेर भए पनि यहाँबाट प्याराग्लाइडिङ विस्थापित गर्न हुन्न भन्ने हो,’ उनले भने, ‘यसका लागि राजनीतिक लबिङ कस्तो गर्न सकिन्छ, पोखराबाट पहुँच कत्तिको पु¥याउन सकिन्छ भन्ने कुराले पनि निर्भर गर्ला’

नागरिक उड्डयन प्राधिकरणका बोर्ड सदस्य डा. लेखनाथ भण्डारी पनि एयरपोर्ट सञ्चालनमा आउँदा प्याराग्लाइडिङको भविष्य के हुने भन्ने विषय अझै पनि अन्योलमै रहेको स्वीकार गर्छन् । नेपालको एभिएसनमा पहिलो पिएचडी गरेका उनले एयरपोर्ट र प्याराग्लाइडिङको सेड्युल मिलाएरै भए पनि पोखरामा प्याराग्लाइडिङ बचाइराख्नुपर्नेमा जोड दिए । पोखराको एक महŒवपूर्ण प्रोडक्टका रूपमा रहेको प्याराग्लाइडिङ लोप हुन नदिनका लागि सम्भव अपनाइने पनि उनले बताएका छन् । 

पोखरा क्षेत्रीय विमानस्थललाई व्यस्त राख्न पनि प्याराग्लाइडिङको निरन्तरता चाहिने उनको तर्क छ । ‘पोखरामा आउने विदेशी पर्यटकहरू यहाँ आएर प्याराग्लाइडिङ गर्न चाहन्छन् । प्याराग्लाइडिङ पोखराको महŒवपूर्ण पर्यटकीय प्रोडक्ट हो,’ उनले भने, ‘बरु उडान अवतरणको सेड्युल मिलाएर भए पनि प्याराग्लाइडिङलाई निरन्तरता दिनुपर्छ । नत्र पोखरा आफैँमा धेरै जनघनत्व भएको स्थान होइन । यहाँ जति पर्यटक ल्याउन सक्यो त्यति उडान हुने हो । एयरपोर्टलाई व्यस्त बनाउनका लागि पनि प्याराग्लाइडिङलाई सेड्युलमै राखेर निरन्तरता दिनुपर्छ ।’

डा. भण्डारीले पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले सुभाष झाको संयोजकत्वमा गठन गरेको अध्ययन समितिले अहिले पोखरामा प्याराग्लाइडिङको भविष्य के हुने भन्ने विषयमा अध्ययन तयार पारिइसकेको, तर त्यसको अध्ययन भने आफूले गर्न नपाएको बताए । नयाँ मन्त्री आउनेबित्तिकै उक्त प्रतिवेदन बुझ्ने र आफूहरूले हेरेर गर्न सकिनेजति गरेर भए पनि प्याराग्लाइडिङ सु्चारु गराउन लागिपर्ने उनको भनाइ छ । 

प्रतिवेदन भन्छ, ‘सर्तको पालना या अन्यत्र विस्थापन’ 
पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले गठन गरेको सुवास झाको संयोजकत्वमा गठित अध्ययन समितिले अहिले पोखरामा प्याराग्लाइडिङको भविष्य के हुने भन्ने विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा औल्याइएअनुसार अहिलेकै अवस्थामा पोखरामा प्याराग्लाइडिङले निरन्तरता पाउन सम्भव छैन । अहिलेकै ठाउँमा प्याराग्लाइडिङ सञ्चालन गरिने भए यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थलआसपासमा प्याराग्लाइडिङ सञ्चालन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायत युरोपियन मुलुकमा अपनाइएका प्रविधि र मोडल अध्ययन गरी सञ्चालन गर्न सकिने र अर्को विकल्पमा हाल सञ्चालन गरिरहेको भन्दा बाहिर पोखरा उपत्यकासँग जोडिएका क्षेत्रहरू जस्तै– पञ्चासे र माछापुच्छ«ेलगायतका क्षेत्रमा सार्न सकिने औँल्याइएको छ । हाल पोखराको सरांकोट, तोरेपानी, महेन्द्रढुंगा क्षेत्रबाट प्यराग्लाइडिङ भइरहेको छ । 

अध्ययन समितिका सदस्यसमेत रहेका नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारी आफूहरू सर्त मानेर अहिलेको स्थानमै प्याराग्लाइडिङ सञ्चालन गर्न तयार रहेको बताउँछन् । अध्ययनका क्रममा न्युजिल्यान्डको क्विन्स टाउनस्थित डेनियर विमानस्थलको अवलोकन गरेपछि त्यसका आधारमा थप कुरा समावेश गर्ने तयारी भए पनि कोरोना संक्रमणका कारण ती स्थानमा जान नपाइएको अध्यक्ष भण्डारी बताउँछन् । आफूहरू रेडियो टावर राख्नेदेखि लिएर अन्य सुरक्षाका प्रबन्ध अपनाउने र यसका लागि सरकारले साथ दिनेमा नेपाल हवाई खेलकुद संस्थाका प्राविधिक उपाध्यक्ष अनिल केसी ढुक्क छन् । उनले आफू पोखरामा प्याराग्लाइडिङ विस्थापित नहुनेमा ढुक्क रहेको उनले प्रतिक्रिया दिए । 

झा संयोजकत्वको प्याराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन समितिमा क्यानबाट तीन, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणबाट एक र व्यवसायीको तर्फबाट चारजना गरी आठजना सहभागी थिए । 

प्याराग्लाइडिङमा एक अर्ब लगानी, हजारजनालाई रोजगारी
पोखरामा वार्षिक एक लाखभन्दा धेरै पर्यटक प्याराग्लाइडिङ चढ्ने गरेका नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भण्डारी बताउँछन् । उनका अनुसार २५० देखि ४५० सम्म पर्यटक दैनिक प्याराग्लाइडिङ उडान भर्ने गरेका छन् । यस क्षेत्रमा ६० व्यवसायी कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरेका छन् । 

संस्थामा ३५२ जना नेपाली प्याराग्लाइडिङ पाइलट कार्यरत छन् । थप आठजना विदेशी पाइलट कार्यरत संस्थाका कोषाध्यक्षसमेत रहेका पाइलट योगेश थापा बताउँछन् । अध्यक्ष भण्डारीका अनुसार यस क्षेत्रमा एक अर्बभन्दा बढी लगानी रहेको छ भने एक हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् । 

ad
ad
ad
ad