Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण २२ शुक्रबार १७:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा ब्राउनसुगरसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ श्रावण २२ शुक्रबार १७:४४:००

बर्दियाको गुलरिया नगरपालिका वडा नं. ६ बाट लागुऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नं. ४ बस्ने २१ वर्षीय सन्तोष भट्टराई र गुलरिया नगरपालिका वडा नं. ७ बस्ने २२ वर्षीय अर्जुन सुनार रहेका छन् । उनीहरूको साथबाट नाै सय ३० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । 

गुलरिया नगरपालिका वडा नं. ६ मा रहेको निलो पेट्रोलपम्पनजिकै गुलरिया नेपालगन्ज सडकमा शंकास्पद रूपमा हिँडिरहेको समयमा प्रहरीले पक्राउ गरेको थियो । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।