नेकपा एमाले माधव नेपाल पक्षको बैठकमा भीम रावलले १०बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्। उनले बैठकमा माधव नेपालले आफ्नो धारणा राखेलगत्तै कार्यदलले गरेको १०बुँदे सहमतिबारे ब्रिफिङ गरेका थिए।
उनले कार्यदलले गरेको सहमतिबारे बुँदा–बुँदामा व्याख्या गरेका थिए। रावलले १०बुँदे सहमति कसरी भयो र यसको औचित्य के हो भन्नेबारे बोलेका थिए।
वार्ता र एकताको प्रक्रिया चलिरहेको अवस्थामा अध्यक्ष केपी ओली पक्षले सदस्यता नवीकरणको काम थालेको भन्दै आपत्ति जनाइएको थियो। रावलले एकताको प्रक्रिया पूरा गरेपछि मात्र सदस्यता नवीकरणको काम थाल्नुपर्ने कार्यदलमा भनेकाे जानकारी दिएका थिए।