Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैँ
२०७८ श्रावण २० बुधबार १४:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला घटनामा भारतले नेपालीसँग सार्वजनिक क्षमायाचना गरोस् : नारायणकाजी श्रेष्ठ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैँ
२०७८ श्रावण २० बुधबार १४:१२:००

सांसद नारायणकाजी श्रेष्ठले दार्चुलामा भएको घटनामा भारत दोषी रहेको भन्दै उसले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् । बुधबार भएको राष्ट्रिय सभाको बैठकमा उनले दार्चुलाको घटना अमानवीय, उत्पीडनकारी र क्रूर कार्य भएको बताएका छन् ।

बैठकमा उनले भने, ‘अहिलेसम्म आएका सबै तथ्यहरूले के प्रस्ट गरेको छ भने यो भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरूकै कारणबाट, तुइनको तार काटिदिएकै कारणबाट जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रूर कार्यको घोर निन्दा एवं भर्त्सना गर्छु । यसका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्छु । दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न माग गर्दछु । र, अबका दिनहरूमा यसप्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहाेर्‍याउन पनि जोडदार माग गर्न चाहन्छु ।’