![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/karyadal-sattarudh-dal2021-08-03-11-23-37.gif)
सत्तासाझेदार दलहरूको कार्यदल बैठक बालुवाटारमा बसेको छ। सरकारका न्यूनतम साझा कार्यक्रम, सरकारमा सहभागी मन्त्रीहरूको आचारसंहिता र सरकार सञ्चालनको कार्यविधि तयार पार्न कार्यदल जुटिरहेको छ। न्यूनतम साझा कार्यक्रम तयार पारेपछि मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्।
तीनवटा ड्राफ्ट तयार पारेर कार्यदलले काम गरिरहेको छ। ती ड्राफ्टमा जसपा नेता राजेन्द्र श्रेष्ठलाई काम गर्ने जिम्मा कार्यदलले दिएको थियो। बैठकमा राजेन्द्र श्रेष्ठले तयार पारेकाे ड्राफ्टलाई फाइनल गर्ने तयारी गरिरहेको कार्यदलका एक सदस्यले बताए।