मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ श्रावण १८ सोमबार १७:२६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेशका दुई लाख ३५ हजारले पाएनन् कोभिसिल्डको दोस्रो डोज

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार १७:२६:oo

कोरोना भाइरस संक्रमण पुनः तीव्र गतीमा बढिरहेको अवस्थामा बागमती प्रदेशका दुई लाख ३५ हजार नौ सय ४९ जनाले कोभिसिल्डको दोस्रो डोज पाएका छैनन् । कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो डोज लगाएका तीन लाख ९६ हजार चार सय ३९ मध्ये एक लाख ६० हजार चार सय ९० ले पूर्ण डोज पाएका छन् भने दुई लाख ३५ हजार नौ सय ४९ ले दोस्रो डोज लगाउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

काठमाडौंका ८९ हजार आठ सय ९४, ललितपुरका २१ हजार दुई सय ११, भक्तपुरका सात हजार चार सय ५९, रसुवाका नौ सय ९९, नुवाकोटका चार हजार तीन सय ६०, धादिङका दुई हजार सात सय ४३, चितवनका १३ हजार एक सय ८९, मकवानपुरका पाँच हजार नौ सय ५५, सिन्धुलीका एक हजार सात सय ९८, रामेछापका एक हजार सात सय २२, दोलखाका एक हजार नौ सय ३१, काभ्रेका ६ हजार चार सय दुई र सिन्धुपाल्चोकका दुई हजार आठ सय २७ जनाले कोभिसिल्डको दुवै डोज लगाएका छन् ।

मन्त्रालयका कोभिड प्रवक्ता डा. पुरुषोत्तम सेढाईंका अनुसार पहिलो डोज लगाउनेमध्ये काठमाडौंका ६७ हजार दुई सय ६४, ललितपुरका १३ हजार ६ सय १५, भक्तपुरका १२ हजार एक सय दुई, रसुवाका दुई हजार एक सय ६०, नुवाकोट १७ हजार सात सय सात, धादिङका १९ हजार पाँच सय १७, चितवनका २६ हजार ६ सय ९०, सिन्धुलीका नौ हजार चार सय ५६, मकवानपुरका १५ हजार एक सय ४१, रामेछापका १३ हजार एक सय २३, दोलखाका नौ हजार दुई सय ५५, काभ्रेका १७ हजार चार सय ८४ र सिन्धुपाल्चोकका १२ हजार चार सय ३८ ले दोस्रो डोज पाएका छैनन् ।

आठ लाख ७१ हजारले लगाए पूर्ण डोज 
बागमतीको कुल जनसंख्यामध्ये हालसम्म आठ लाख ७१ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन पूर्ण खोप लगाउनको संख्या १७ साउनसम्म आठ लाख ७१ हजार ९४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दुई लाख ३५ हजार नौ सय ४९ ले कोभिसिल्ड, चार लाख ४६ हजार सात सय ८८ ले भेरोसेलको पहिलो र दोस्रो डोज, एक डोज मात्र लगाइने जोन्सन एन्ड जोन्सन लगाउनेको संख्या दुई लाख ६३ हजार आठ सय १६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

यसैगरी काठमाडौंका दुई लाख ४४ हजार ६ सय ५०, ललितपुरका ८० हजार एक सय ४८, भक्तपुरका ७७ हजार ५९, रसुवाका दुई हजार ६ सय ९९, नुवाकोटका ६ हजार ६ सय ८५, धादिङका चार हजार दुई सय ७८, चितवनका १० हजार सात सय ५५, सिन्धुलीका दुई हजार आठ सय ९७, मकवानपुरका चार हजार सात सय ६८, रामेछापका नौ सय १४, दोलखाका पाँच सय ९३, काभ्रेका ६ हजार तीन सय सात र सिन्धुपाल्चोकका पाँच हजार ३५ जनाले भेरोसेल खोप लगाएका छन् । भेरोसेल खोप लगाउनेमध्ये ४१.५९ प्रतिशतले मात्र दोस्रो डोज पाएको मन्त्रालयका प्रवक्ता डा. सेढाईंले बताए ।

काठमाडौंका एक लाख २७ हजार पाँच सय ४८, ललितपुरका २९ हजार तीन सय ७०, भक्तपुरमा १८ हजार तीन सय ४७, रसुवाका एक हजार आठ सय ६९, धादिङका १५ हजार एक सय चार, चितवनका ३३ हजार आठ सय तीन, सिन्धुलीका आठ हजार दुई सय ८१, मकवानपुरका पाँच हजार तीन सय १०, रामेछापका तीन हजार दुई सय ३८, दोलखाका चार हजार एक सय ९२, काभ्रेका १६ हजार सात सय १६ र सिन्धुपाल्चोकका चार हजार ३८ जनाले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । नुवाकोटमा हालसम्म जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु नगरिएको मन्त्रालयले जनाएको छ ।