भोटेकोशी बाढीमा परेर ज्यान गुमाएका ६८८ जनाको शव अस्थायी रूपमा व्यवस्थापन गरिएको छ । सनाखत हुन नसकेका शवको डिएनए परीक्षण गरी जमिनमुनि सुरक्षित तरिकाले गाडेर व्यवस्थापन हुन थालेको हो ।
चितवन, पूर्वी नवलपरासी, कास्की र काठमाडौंमा अस्थायी व्यवस्थापन गर्न थालिएको छ । काठमाडौंको गोकर्णेश्वरको जंगलमा शव व्यवस्थापन गर्न थालिएको छ ।
हालसम्म एक हजार ९३ जनाको शव भेटिएकोमा ५८ जनाको मात्र सनाखत भएको छ ।