कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली सरुवा गर्दै उनको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएको हो।
उनी जेठ १० गते कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका थिए। उनी त्यहाँ नियुक्त भएपछि केही विवादित पनि बन्न पुगेका थिए।