मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १८ सोमबार ०७:४२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्टबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १८ सोमबार ०७:४२:००

नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेन्टका सल्लाहकार अशोककृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत लिन सक्ने जनाइएको छ । सम्झौतापश्चात् सुनचाँदीका गरगहनाको खरिदपश्चात् अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेसनल कार्डहरूमार्फत रकम भुक्तानी गर्न थप सहज हुने महासंघले जनाएको छ ।  

यसका लागि गेटवे पेमेन्ट नेपालले सहजकर्ताका रूपमा काम गर्नेछ । यो सम्झौताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरगहनाको बिक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणालीमार्फत सहजै गर्न सकिने महासंघका अध्यक्ष शाक्यले बताए । यो प्रणाली व्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुने उनको भनाइ छ ।