मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार २१:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले भने– सरकारको दमन सुरु भइसक्यो, आवश्यक परे प्रतिरोध गर्छाैँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार २१:२१:००

प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । ओलीले जिल्ला–जिल्लाबाट आएका स्काउटका कार्यकर्तालाई रोक्ने, खानासमेत नदिने, सभा, सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । 

तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारलाई दमन नगर्न खबरदारीसमेत गरे । उनले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको उल्लेख गर्दै त्यस परिस्थितिलाई तलमाथि हुन आफ्नो पार्टीले नदिने दाबीसमेत गरे । 

ओलीले मुलुकको विकास र समृद्धिका लागि कम्युनिस्ट नेतृत्वको सरकार नै चाहिन्छ भन्ने कुरालाई आफू नेतृत्वको सरकारले पुष्टि गरेको जिकिर गरे ।