कांग्रेसको १४औँ महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षी तीन नेताहरू पुनः छलफलमा जुटेका छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच आज पनि छलफल भएको छ ।
सिंहनिवास चाक्सीबारीमा उनीहरूबीच छलफल जारी छ । यसअघि पनि उनीहरूले पटक–पटक छलफल गर्दै आएका थिए ।