मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १९:४६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘नाडा’को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण १५ शुक्रबार १९:४६:००

अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा)को राष्ट्रिय अधिवेशन भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नाडा केन्द्रीय कार्यसमितिको शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले ४५औँ वार्षिक साधारणसभाको अवसर पारेर भदौ २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । नयाँ नेतृत्व चयनका लागि नाडाको राष्ट्रिय अधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।  

बैठकले अधिवेशनको तयारीका लागि महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र कोषाध्यक्ष सुरेन्द्र उप्रेती सदस्य रहने गरी तीन सदस्यीय समितिसमेत गठन गरेको छ । अध्यक्ष दुलालले अधिवेशनलाई सफल बनाउन नाडाका सबै सदस्यलाई लागिपर्न आह्वानसमेत गरे । 

नाडाको कुल तीन हजार तीन सय ६५ जना सदस्य रहेका छन । २० जना केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । नाडाको संशोधित विधान ०७७ अनुसार नाडाका आठ संस्थागत एसाेसिएसनका अध्यक्षले स्वतः केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् ।

त्यसैैगरी, चार उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षको चयन निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले गर्नेछ । यसरी नाडाको कुल केन्द्रीय कार्यसमितिको कुल संख्या २९ जनाको हुनेछ । अध्यक्ष दुलालले सदस्यता नवीकरण नगरेकाहरूको नवीकरणको अन्तिम मिति आगामी भदाै १८ गतेसम्म रहने गरी कार्यतालिका तय गरिएको बताए ।