१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिप्रदी र शिखर इन्स्योरेन्सबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:३२:oo

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच अटो प्लस स्किमसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सिप्रदी ट्रेडिङका उपसभापति सौरवराज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार टाटाका केही मोडेलमा शून्य ह्रासकट्टी र गाडी मर्मत गर्दा लागेको समयका लागि भाडा व्यहोर्ने जनाइएको छ । गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाका लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एस/टाटा इन्ट्राका लागि भाडादर १ हजार ५ सय प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजनालगायतका फाइदा रहेको जनाइएको छ ।

सम्झौता टाटा मोटर्सद्वारा उत्पादित गाडीहरू टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा मात्र लागू हुने कम्पनीले जनाएको छ । यस अटो प्लस स्किम सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुने जनाइएको छ । साथै, यो स्किम व्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुने उल्लेख छ । 

योजनामा सहभागी हुनका लागि ग्राहकले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने नेपालभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दाबी गर्न सक्ने उल्लेख छ । योजनाले तीन मोडेलका गाडी धनीलाई थप सहज हुने कम्पनीले दाबी गरेको छ ।

ad
ad