१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १० आइतबार २०:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १० आइतबार २०:४३:००

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् । गृहमन्त्री र प्रहरी प्रमुखलाई आइतबार बोलाएर देउवाले अहिलेसम्म भएको अनुसन्धानलाई लिँदै चाँडो दोषीलाई पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् । 

१० साउन ०७५ मा महेन्द्रनगर, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट अर्धनग्न अवस्थामा उखुबारीमा उनको शव भेटियो । बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ । 

प्रहरी लापरबाहीले घटना भएको भन्दै भोलिपल्टैदेखि प्रहरीमाथि सर्वसाधारणको अविश्वास बढेको थियो । तीन वर्षसम्म निरन्तर अनुसन्धान गर्दा पनि प्रहरीले अभियुक्त पहिचान गर्न नसक्दा संगठनमाथिको त्यो विश्वास फिर्ता ल्याउन सकेको छैन ।

सम्भवतः नेपाल प्रहरीकै इतिहासमा यति धेरै समय र स्रोतसाधन खर्च भएको घटना बनेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी प्रधान कार्यालयले तीन वर्षदेखि यो घटनाको अनुसन्धानमा निरन्तर विशेष टोली बनाएर खटाउँदै आएको छ ।