मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ श्रावण ८ शुक्रबार २o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूर्यविनायक जंगलमा फेला पर्‍याे हड्डी र कंकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार २o:१५:oo

भक्तपुरको सूर्यविनायक जंगलमा मानव शरीरजस्तो देखिने हड्डी र कंकालहरू फेला परेको छ । महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको टोलीले शुक्रबार जंगलमा रहेको काफलको रूखमुनि  हड्डी र कंकालहरू फेला पारेको हो ।

काफलको रूखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुन्डिरहेको, सोही रूखको तल भुइँमा मानवको जस्तो देखिने दुईवटा लामोलामो हड्डीहरू रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरू यत्रतत्र छरिएर रहेको फेला पारेको प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले जानकारी दिए ।

कंकाल र हड्डीहरूलाई संकलन गरी परीक्षणका लागि काठमाडाैं मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।