१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ८ शुक्रबार ११:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लिग निर्धारित मितिमा नै हुन्छ : एन्फा अध्यक्ष शेर्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार ११:३१:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नै हुने बताएका छन्। लिगका चार क्लबले लिग रोक्न ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले यस्तो बताएका हुन्।

मंगलबार लिगअन्तर्गतका चार क्लबले कोरोना महामारीको विषम परिस्थितिमा लिग सञ्चालन नगर्न एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई  ज्ञापनपत्र बुझाएका थिए।

सोही विषयलाई लिएर लिग नहुने आशंकाबीच शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने प्रस्ट पारेका हुन्। उनले लिगमा सबै क्लबको सहभागिता रहनेमा आफू आशावादी रहेको बताएका छन्।

‘ए’ डिभिजन लिग असोज ३ गतेबाट आयोजना गर्ने तालिका एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ।