मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण ६ बुधबार १९:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण ६ बुधबार १९:४२:००

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्ने भएका छन् । नेपालनिकट युवा संघले गठन गरेको ‘पिपुल्स भोलेन्टियर’को भक्तपुरमा बिहीबार कार्यक्रम आयोजना गरेर घोषणा गर्न लागिएको युवा संघका उपमहासचिव एवं प्रचार विभाग प्रमुख सञ्जिप राईले जानकारी दिए । 

राईका अनुसार अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँत्याएपछि नेपालनिकट युवा संघले पिपुल्स भोलेन्टियर तयार पारेको हो । भक्तपुरस्थित सूर्यविनायक थापा पार्टी प्यालेसमा नेता नेपालले बिहीबार मध्याह्न १२ बजे पिपुल्स भोलेन्टियर घोषणा गर्ने उनले बताए । 

कार्यक्रममा संघका केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहने उनले बताए । 

नेकपामा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवसको सन्दर्भ पारेर युवाको बृहत् भेलामार्फत पिपुल्स भोलेन्टियरको घोषणा गर्न लागिएको राईले बताए ।