१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२o७८ श्रावण ५ मंगलबार १५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

शिल्पा सेट्टीका पतिलाई हिरासतमा राख्न अदालतको अनुमति, सेट्टीसँग पनि बयान लिन सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार १५:२५:oo

पोर्न भिडियो बनाएको विषयमा पक्राउ परेका बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रालाई हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जुलाई २३ सम्मका लागि उनलाई न्यायिक हिरासतमा राख्न अनुमति दिइएको हो ।

उनलाई सोमबार राति मुम्बई प्रहरीले पक्राउ गरी आज मंगलबार अदालतमा उपस्थित गराएको थियो । यो विषयमा मुम्बई प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ ।

मुम्बई क्राइम ब्रान्चका अनुसार कुन्द्राले पोर्न उद्योगमा आठदेखि १० करोड भारतीय रुपैयाँ लगानी गरेका छन् । उनले भारतमा भिडियो खिचेर बेलायतमा पठाउने गरेकाे प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको साइबर कानुनबाट बच्न उनले कम्पनीसमेत बेलायतमा नै दर्ता गरेको पाइएको छ ।

यस विषयमा छानबिनका लागि प्रहरीले शिल्पालाई समेत पक्राउ गर्न सक्ने बताइएको छ । उनी पति कुन्द्राको प्रायः सबै व्यवसायमा साझेदार रहेकी छिन् ।
भास्करबाट

ad
ad
ad
ad