इराकको राजधानी बग्दादमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा बग्दादको अदर सहरस्थित वहैलत बजारमा भएको आत्मघाती हमलामा कम्तीमा ६० जना घाइते भएकाे प्रहरी स्रोतलाई उदृत गर्दै अलजजिराले जनाएको छ।
केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। स्थानीय सामानहरूको प्रयोग गरी बनाइएको आइइडी (इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस)को प्रयोग गरी आक्रमण भएको इराको आन्तरिक मन्त्रालयले जनाएको छ।
सामाजिक सञ्जाल टेलिग्राममा एक सन्देश प्रवाहित गर्दै आइएसआइएल (आइएसआइएस)ले हमलाको जिम्मेवारी लिएको छ। इराकी राष्ट्रपति बरहम सालिह, अन्तर्राष्ट्रिय रेडक्रस कमिटीलगायतले हमलाको भर्त्सना गरेका छन्।