मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ५ मंगलबार १o:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी बढाउन सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार १o:४७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न आफूले सधैँ सहयोग गर्ने बताएका छन् । निजी क्षेत्रलाई लगानी वृद्धिका लागि सहजीकरण गर्न सरकार र आफ्नो पार्टी सधैँ तयार रहेको उनले बताए । 

सोमबार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले मुलुकमा औद्योगिक विकासका लागि लगानी वृद्धि गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । ‘हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवर्द्धन गरेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी सधैँ तयार छौँ ।’

परिसंघले अगाडि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान मुलुकको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार भएको औँल्याउँदै उनले स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि जानकारी गराए । उनले भने, ‘कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौती हो ।’

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताउँदै नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । उनले आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन प्रयासरत रहेको उनले प्रधानमन्त्रीलाई जानकारी गराए । त्यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्ने उनको सुझाब थियो ।