मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण १ शुक्रबार २०:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यादेशबाट बजेट ल्याएपछि विपक्षी गठबन्धन थप असन्तुष्ट, मुख्यमन्त्रीको राजीनामा माग

Read Time : < 1 मिनेट
२०७८ श्रावण १ शुक्रबार २०:४२:००

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार मध्यरातमा संसद् अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभा बैठकबाट बजेट पारित हुन नसकेपछि हतारमा प्रदेश सभाको अधिवेशन अन्त्य गरेको सरकारले अध्यादेशबाट बजेट ल्याएपछि यहाँको विपक्षी गठबन्धन थप असन्तुष्ट बनेको छ । 

प्रदेश सभामा हाल कायम ८३ सांसदमध्ये सत्ता पक्षमा रहेका ४१ सांसदसमेत बजेटको पक्षमा उभिएको संकेत नपाएपछि संकटमा परेको सरकारले अध्यादेशको सहारा लिएको छ । यहा विपक्षी गठबन्धनमा ४१ सांसद खुलेका छन् ।

त्यस्तै, यहाँ सभामुख माओवादी केन्द्रबाट निर्वाचित भएकाले मतदान हुँदा सभामुखको निर्णायक मत विपक्षी गठबन्धनमा पर्ने अवस्था रहन्छ । अर्कोतर्फ मतदानको प्रक्रियामा जाँदा माधव नेपाल पक्षका सांसदहरूको मतसमेत सरकारका पक्षमा पर्न नसक्ने डर यहाँ रहेको छ । त्यस्तै, स्वतन्त्र राजनीतिक समूहका, तर सूर्य चिह्नबाट निर्वाचित भएका अर्का एक सांसदको समेत मत नपर्ने संकेत पाएपछि सरकार थप संकटमा परेको बताइन्छ । 

अध्यादेशबाट बजेट ल्याएपछि शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा मन्त्री वैजनाथ चौधरीले विपक्षी गठबन्धन सहमतिमा बजेट पास गर्न तयार नभएपछि अध्यादेशबाट बजेट ल्याएको बताए ।